१२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट संसदमा प्रस्तुत

काठमाण्डौ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७४ / ७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गरेको छ ।

व्यवस्थापिका संसद्मा आज अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्र्ब ५३ करोड रुपैयाँ छुट्याएको जानकारी दिएका हुन् । पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याइएको छ भने वित्तीय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब विनियोजन गरिएको छ ।

सरकारले स्थानीय तहका लागि साधारण अनुदान १ खर्ब ४८ अर्ब र सशक्त अनुदान ७६ अर्ब ४१ करोड छुट्याएको छ । त्यस्तै प्रदेशका लागि ७ अर्ब ३४ करोड छुट्याइएको छ । सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ उठाउने सरकारी लक्ष्य राखेको छ । साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ ।

यसैगरी २ खर्ब १४ वाह्य ऋण र १ खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने सरकारी योजना रहेको छ । अर्थमन्त्री महराले अर्थतन्त्रको मूख्य चुनौती संघीयता कार्यान्वयन रहेको पनि बताएका छन् । उनले पूर्वाधार निर्माणको कार्यान्वयन चुनौतीपूर्ण रहेको, कुनै पनि आयोजना समयमा बन्न नसकेको, उत्पादकत्व वृद्धि गर्नु पनि चुनौतीपूर्ण रहेको बताए ।

अर्थमन्त्री महराले उत्पादनको बजार बिस्तार, अनौपचारिक अर्थतन्त्रलाई औपचारिकमा ल्याउनु, भूकम्प पीडितको पुनस्र्थापना र भौतिक पूर्वाधार निर्माण गर्नु चुनौतीपूर्ण भएकोमा जोड दिए । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि  विशेषा जाेड दिइएकाे छ । ७ वटै स्थानीय तहमा १ / १ वटा मेगा सिटिकाे अवधारणा अघि सारिएकाे छ ।

याे बजेटमा अति अावश्यक पूर्वाधार सडकलाई पनि विशेष महत्व ल्याएकाे छ । बूढिगण्डकी लगायतका अायाेजनालाई पनि उच्च प्राथमिकतामा राख्दै कार्यान्वयनमा जाेड दिइएकाे छ । सार्वजनिक स्वामित्वमा रहेकाे संस्थाकाे स्तराेन्नतिका लागि पनि सरकारले पहल गर्ने भएकाे छ ।