October 23, 2017

पाकिस्तानी प्रधानमन्त्री सरिफलाई अदालतको सफाई

काठमाण्डौ, ७ वैशाख । पाकिस्तानको अदालतले प्रधानमन्त्री नवाज सरिफ माथि भष्ट्राचारको मुद्धामा पर्याप्त प्रमाण नभएको भन्दै सफाई दिएको छ ।

नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लीग नवाज (एन) ले अदालतको फैसलालाई स्वागत गरेको छ । साथै उनकी छोरी मरियम नवाजले ट्विट गर्दै यो कदम सराहनीय भएको बताएकी छिन् ।

चर्चित पनामा पेपर लिक्समा मुछिएका सरिफलाई पदबाट हटाउनुपर्ने विपक्षीले दाबी गरेका थिए । अदालतले भष्ट्राचारको आरोपमा उनीमाथि उच्चस्तरको अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रधानमन्त्री सरिफ पनामा पेपरमा संलग्न भएको भन्दै उनको परिवारको नाममा ३ वटा खाता जाेडिएकाे आरोप लागेको थियो ।