Breaking News

बजेट विशेषः कोटेश्वर–सूर्यविनायकसम्म सुरुङमार्ग बनाउने योजनामा जोड

काठमाण्डौ, १५ जेठ । सरकारले सडक सञ्जाललाई व्यवस्थित र सरल बनाउन विकल्प मार्गको रुपमा कोटेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग बनाउने योजना अघि सारेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा पेश गरेको बजेटमा कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङमार्ग बनाउने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्नेमा पनि जोड दिइएको छ ।

महराका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग र ट्याक्सी पार्क विस्तार गर्नका लागि यथोचित बजेट छुट्याइएको छ ।

shares