हासिम अमला सबैभन्दा छिटो ७ हजार रन बनाउने क्रिकेटर

काठमाण्डौ, १५ जेठ । साउथ अफ्रिकाका ओपनर हासिम अमला एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ७ हजार रन बनाउने क्रिकेटर बनेका छन् ।

उनले यो रेकर्ड अाज इंल्याण्डसँगको मैत्रीपूर्ण खेलमा बनाएका हुन् । उनले १ सय ५० इनिङ खेल्दै ७ हजार रन पूरा गरेका हुन् । साथै उनको नाममा सबैभन्दा छिटो २ हजार, ३ हजार, ४ हजार, ५ हजार र ६ हजार बनाएको रेकर्ड पनि छ ।

यसअघि सबैभन्दा छिटो ७ हजार बनाउने रेकर्ड भारतीय कप्तान विराट कोहलीको नाममा थियो ।