October 24, 2017

राष्ट्रहित विरुद्धको संविधान संशोधन विधेयकको पक्षमा छैनौंः राप्रपा अध्यक्ष, थापा

काठमाण्डौ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै कुनै पनि हालतमा समर्थन नगर्ने बताएका छन् ।

राप्रपाको २८ औं स्थापना दिवसका अवसरमा काठमाण्डौमा आज आयोजित कार्यक्रममा अध्यक्ष थापाले संविधान संशोधन राष्ट्रको हितमा नरहेको स्पष्ट पारेका हुन् । उनले वार्ताको माध्यमबाट समस्या समाधान गरी मधेशी मोर्चालाई निर्वाचनमा ल्याउन सरकारसँग आग्रह पनि गरे । अध्यक्ष थापाले राप्रपाले प्रस्तुत गरेको मध्यमार्ग विकल्पका कारण पहिलो चरणको निर्वाचन सम्पन्न भएको दाबी समेत गरे ।

अध्यक्ष थापाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा नआए पनि राप्रपाले आफ्नो सिद्धान्त र एजेण्डा नछोड्ने धारणा पनि राखे ।