दोस्रो चरणका निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

काठमाण्डौ, १५ जेठ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको छ ।

आइतबार बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा भाग लिनका लागि चुनावको मिति केही दिन पर सार्ने समझदारी भएको थियो ।

यसले गर्दा आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुने भएको छ ।