Breaking News

भरतपुर महानगरपालिकाको मतगणना निश्चित समयका लागि राेकिने

काठमाण्डौ, १५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिने भएको छ । गएराति मतपत्र च्यातिएपछि यो अवस्थाको सिर्जना भएको हो ।

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुगेको बेला मतपत्र च्यातिएको थियो । यो घटनाबारे अध्ययन गर्न निर्वाचन आयोगले छानबिन समिति गठन गरेको छ । छानबिन समितिको निर्णय नआएसम्म मतगणना रोकिने छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले छानबिन समितिको निष्कर्शका आधारमा निर्वाचन आयोगले निर्णय लिने बताएका छन् । मतपत्र च्यातिएपछि कांग्रेस र माओवादी चितवनले वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेका छन् भने एमालेले भने मतपत्र च्यातिएको अवस्थामा मतगणना पुनः सुचारु गर्नुपर्ने माग गरेको छ ।

shares