October 20, 2017

भरतपुरमा राेकिएकाे मतगणना सुचारु गर्न एमालेकाे माग

काठमाण्डाै, १५ जेठ  । हिजाे मध्यराति देखी  स्थागित भएकाे  भरपुर महानगरपालिकाकाे  मतगणना सुरु गर्न नेकपा एमालेले माग गरेकाे छ ।

गएराति माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि रोकिएको मतगणना कार्यलाई तत्काल सुचारु गर्न जोडदार माग गर्दै एमालेले घटनाका दोषीलाई कारबाहीको माग समेत गरेको छ । भरतपुरमा सोमबार एमाले जिल्ला कमिटी चितवनले बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार देवी ज्ञवालीकाे जीत सुनिश्चत  हुने भएपछि  माओवादी केन्द्रका कार्यकर्ताले धाँधली गरेर मतगणना प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं वडाको मतगणना अन्तिम चरणमा पुग्दा मध्यराति  मतपत्र च्यातिएको हो ।  तर वडा नं २० को मतगणना गर्न मात्र  बाँकी  छ ।

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवीप्रसाद ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ ।