जुलिया रोवर्टस् पाँचाै पटक विश्वको सबैभन्दा सुन्दर महिलाकाे रुपमा मनाेनित

काठमाण्डौ, ७ वैशाख । पिपुल म्यागेजिनले अमेरिकी अभिनेत्री तथा निर्मात्री जुलिया फियोना रोवर्टस्लाई फेरी एकपटक विश्वको सबैभन्दा सुन्दर महिला भनेर घोषित गरेको छ ।

यो जुलियाका लागि पाँचौ पटकको सम्मान पनि हो । ४९ वर्षीया अभिनेत्रीको सन् १९९१ मा पहिलोपटक पिपुल म्यागेजिनमा कभर पेजमा फोटो छापिएको थियो । त्यसपछि सन् २०००, २००५ र २०१० मा जुलिया उक्त म्यागेजिनको कभर पेजमा छाएकी थिइन् ।

पाँचौ पटक विश्वको सबैभन्दा सुन्दर महिला घोषित भएपछि जुलियाले भनिन्, ‘म अत्यन्तै खुशी छु ।’