August 20, 2017

धादिङको भकारेमा बस दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या ३ पुग्यो

काठमाण्डाै, १४ जेठ । धादिङको गोलभञ्याङस्थित भकारेमा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा परी ३० जना यात्रु घाइते भएका छन् ।

धादिङको गोलभञ्याङबाट खहरे जाँदै गरेको ग १ ख ३४०५ नम्बरको बस दुर्घटना भएको हो । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको बताइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।