August 21, 2017

श्रीलंकामा बाढिपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ४६ पुग्याे

काठमाण्डौ, १४ जेठ । श्रीलंकामा लगातारको बर्षाका कारण आएको बाढिपहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।

बाढिपहिरोमा अन्य ७३ जना हराइरहेका र उनीहरुको खोजी कार्य जारी रहेको श्रीलंकाको प्रकोप व्यवस्थापनले जनाएको छ । बिहीवार परेको भीषण वर्षा पश्चात् आएको बाढिपहिरोले ५ लाख जनता प्रत्यक्ष पमा प्रभावित भएको अधिकारीले जनाएका छन् ।

बाढीपहिरोमा फसेकाहरुको सहयोगका लागि २ हजार भन्दा बढी सेना परिचालन गरिएको सैन्य प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

श्रीलंकाली विदेश मन्त्रालयले पीडितलाई उद्धार तथा राहतका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघीय निकाय र छिमेकी मुलुकसँग आग्रह गरेको छ ।