August 19, 2017

मन्त्रिपरिषद्ले गर्‍यो यस्ता महत्वपूर्ण निर्णयहरु

काठमाण्डौ, १४ जेठ । सरकारले गणतन्त्र दिवसका अवसरमा ७ सय ५९ कैदीबन्दीको बाँकी सजाय माफी दिने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले असल आचरणलाई मध्यजनर गर्दै ७ सय ५९ कैदीबन्दीको सजाय माफ गर्ने निर्णय गरको हो । बैठकले स्वर्गीय विश्वेश्वर प्रसाद कोईरालालाई मरणोपरान्त ‘नेपाल रत्न पदक’ प्रदान गर्ने निर्णय गरेको छ भने स्वर्गीय महेन्द्र नारायण निधिलाई मरणोपरान्त ‘राष्ट्र गौरव पदक’ प्रदान गर्ने निर्णय गरेको प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

भोली सार्वजनिक गर्ने बजेटका बिषयमा भने मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नै नभएको बताइएको छ ।