October 24, 2017

वर्तमान सरकारले औपचारिकता मात्र पुर्‍याएको ओलीको आरोप

काठमाण्डौ, १४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले यसअघिको सरकारको कार्यक्रमलाई निरन्तरता मात्र दिएको बताएका छन् ।

दोस्रो चरणको निर्वाचन अभियानको काठमाण्डौमा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो सरकारले ल्याएका निकै राम्रा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता मात्र दिएको बताएका हुन् । अहिले भएको आर्थिक वृद्धिदर र लोडसेडिङ अन्त्यको आधार आफ्नो सरकारले बनाएको उनको दाबी थियो ।

साथै पहिलो चरणको निर्वाचनमा एमालेले सफलता हात पारेको उनले जीकिर गरे । एमालेले धेरै सिट जितेपछि स्थानीय तह थप गर्ने प्रपञ्च सुरु गरिएको भन्दै अध्यक्ष ओलीले त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट समेत पारे ।