August 23, 2017

एमालेका केन्द्रीय सदस्य र पूर्व सांसदसहित धेरै कार्यकर्ता फोरम नेपालमा प्रवेश

विरगञ्ज १४, जेठ । संघीय समाजवादी फोरम नेपालमा विरगञ्जका चर्चित नेतासहित धेरै कार्यकर्ता प्रवेश गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य प्रहलाद गिरी र पूर्व निर्वाचित सांसद प्रद्युमन चौहानको नेतृत्वमा ठूलो संख्यामा एमाले कार्यकर्ताहरु फोरम नेपाल प्रवेश गरेका हुन । केन्द्रीय सदस्य गिरी र पूर्वसांसद चौहानले यही जेष्ठ १० गते एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गर्ने घोषणा गरेका थिए ।
विरगञ्जको नगरसभा गृहमा आइतबार आयोजित  कार्यक्रममा नवप्रवेशी नेता कार्यकर्ताहरुलाई फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् ।
एमालेका स्थानिय नेता दिनेश कलवार, एमाले निकट विद्यार्थी संगठन अनेस्ववियुका नेता सुजित गिरी, ठाकुर राम बहुमुखि क्याम्पसका नेता आजाद पनि फोरम नेपालमा प्रवेश गरेका छन ।
पर्सा जिल्लामा एकपछि अर्को गर्दै प्रमुख तीन दलसहित अन्य पार्टीहरु परित्याग गरी प्रभावशाली नेताहरुको आगमनले पर्सामा संगठन बलियो भएको फोरम नेपालले  दाबी गरेकाे छ ।