October 22, 2017

प्रतिबन्धित मदिरासहित २ भारतीय तस्कर पक्राउ

वीरगञ्ज, १४ जेठ । वडा प्रहरी कार्यालय विर्ताले २ भारतीय तस्करलाई ५० हजार मूल्य बराबरको प्रतिबन्धित मदिरासहित पक्राउ गरेको छ ।

प्रतिबन्धित विभिन्न ब्राण्डका मदिराहरू ओसार पसार गर्ने कार्य भइरहेको विशेष सुुराकीको आधारमा वडा प्रहरी कार्यालय विर्ता, पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट ती दुईलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको विहार जिल्ला मोतिहारी थाना रक्सौल पशुपतिनगर बस्ने वर्ष २२ का मोस्तकिम आलम र सोही स्थानका २५ वर्षीय बबि पटेल रहेका छन् ।

तस्करहरूको साथबाट अवैध भन्सार छलेर ल्याएको मदिरा बरामद गरिएको र थप अनुसन्धानका लागि कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दियो ।