Breaking News

राेचक प्रतिस्पर्धा चलिरहँदा भरतपुर महानगरको मतगणना राेकियाे

काठमाण्डौ, १४ जेठ । सिल नम्बर विवादका कारण भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा टिपिएको सिल नम्बर फरक भेटिएपछि वडा नम्बर १९ को मतगणना सुरु नहुँदै मतगणना कार्य प्रभावित भएको हो ।

१९ र २० नम्बर वडाको मत गन्न बाँकी रहँदा ताजा अवस्थामा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अघि देखा परेका छन् । देवीले ४० हजार ९८० मत प्राप्त गर्दा रेणुले मत ४० हजार १९६ छ ।

दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहँदा मतगणना कार्य थप रोचक बनेको छ ।

shares