August 19, 2017

समूह विजेता बन्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

निलम / काठमाण्डौ, १४ जेठ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

किर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल प्रहरीलाई ७ विकेटले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल प्रहरीले २५.५ ओभरमा जम्मा १ सय ९ रन मात्र जोड्न सक्यो ।

प्रहरीका लागि दिलिप नाथले अर्घशतक पारी खेले । उनले ७१ बलको सामना गर्दै ५० रन बनाए भने दिपेन्द्र सिंह ऐरीको २२ रन बाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । प्रहरीलाई सस्तैमा समेट्न आर्मीका सुुसन भारीले ६ विकेट लिए भने सोमपाल कामी र सागर पुनले समान २/२ विकेट लिए ।

१ सय १० रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको त्रिभुवन आर्मीले ३.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । आर्मीका लागि विनोद भण्डारीले ४६ रनको योगदान गरे भने नरेशबुढा ऐरीले ४१ रन बनाए । प्रतियोगितामा ६ विकेट लिएका सुसन भारी ‘म्यान अफ द म्याच’ भए । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्नेछन् ।