‘अलम्यान ब्यान्ड’ का सह–संस्थापक ग्रेगको ६९ वर्षको उमेरमा निधन

काठमाण्डौ, १४ जेठ । ‘अलम्यान ब्रदर्स ब्यान्ड’ का सह–संस्थापक ग्रिज अलम्यानको ६९ वर्षको उमेरमा निधन भएको छ ।

लिभर क्यान्सरबाट पीडित अलम्यानको गत शनिबार अमेरिकाको जर्जियामा निधन भएको रिपोर्टमा बताइएको छ । सन् १९७० मा दक्षिणी रक संगीतलाई चिनाउनको लागि ‘अलम्यान ब्यान्ड’ ले महत्वपूर्ण भूमिका खेलेको थियो ।

स्मरण रहोस् सन् २०१२ मा ‘अलम्यान ब्यान्ड’ ले लाइफटाइम अचिभमेन्ट ग्राम्मी अवार्ड हात पारेको थियो ।