August 17, 2017

म्यानचेष्टरमा आत्मघाती विस्फोट गराउने आबदीको तस्बिर सार्वजनिक

काठमाण्डौ, १४ जेठ । म्यानचेष्टरको एरिनामा आत्मघाती विस्फोट गराएर २२ नागरिकको हत्या गर्ने सलमान आबदीको तस्बिर म्यानचेष्टर पुलिसले सार्वजनिक गरेको छ ।

सिसिटिभीमा कैद भएकाे तस्बिरबाट उनकाे पहिचान गरिएकाे हाे । आतंकवादी हमलापछि १४ स्थानमा खोजी कार्य भइरहेको र सोधपुछका लागि ११ व्यक्ति हिरासतमा राखिएका छन् । सोमबार हमला भए पछिको दुई घण्टामा नै आबदीको पहिचान थाहा भएको पुलिसले बतायो ।

अमेरिकी गायक एरियाना ग्रान्डेको कन्सर्ट सकिए लगत्तै भएको आत्मघाती हमलामा ७ बालबालिका सहित २२ जनाले ज्यान गुमाएका थिए ।