साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो मधुशाला’ सार्वजनिक

काठमाण्डौ‌ं १४ जेठ । साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो मधुशाला’ उपन्यास सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकीकरण एवं अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए ।

साहित्यकार नयनराज पाण्डेले नेपाली समाज सर्जकहरुका लागि स्वर्ग रहेको भन्दै यसको सदुपयोग हुनुपर्ने बताए । उपन्यासकाकाे विषय वस्तु प्राय लेखकको अाफ्नै जीवनका भोगाइसँग केन्द्रित रहेका छन ।

यसअघि थापाका सोह्र सौगात, कर्णालीको छेउछाउ, पुर्खाको चिठी उपन्यास प्रकाशित भएका छन । ‘मेरो मधुशाला’  कृति सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो ।