October 24, 2017

काठमाण्डौको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

काठमाडौं १४ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन् । शाक्यले ६४ हजार ९ सय १३ मत पाएका छन्  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजुराज जोशीले भने ४५ हजार २ सय ६९ मत  पाएका छन ।

विवेकशील नेपाली दलकी रञ्जु दर्शना  २३ हजार ४सय ३९ मत प्राप्त गरी तेस्रो भएकी छन । साझा पार्टीका किशोर थापाले भने  १८ हजार ४सय ९६ मत प्राप्त गरेर चाैथो भए ।

उप मेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित भएकी छन । उनले ५८ हजार ९सय ५२ मत प्राप्त गरिन । उनका निकटतम प्रतिस्पर्धी राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत पाए भने तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५ सय ३३ मत पाइन् ।