तीन वर्षमा एलपी ग्यास विस्थापन

काठमाण्डौ १४ जेठ । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विधुतकाे पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वाकांक्षी योजना अघि सारेको छ ।

‘देशभर तीन वर्षमा विधुतीकरण गर्ने योजना बनाएको छ । विधुतमा पहुँच नभएका सबै नागरिकसमक्ष विधुतको पहुँच पुर्याइनेछ,’ ऊर्जामन्त्री जनार्दन शर्माले भने, ‘यसबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिन्छ । मन्त्रालयले आगामी सात वर्षमा १७ हजार मेगावाट विधुत उत्पादन गर्ने गरी एकैपटक ठूला जलविधुत आयोजना सुरु गर्ने प्रस्ताव गरेको छ ।

उर्जामा लगानीको समस्या नभएको  भन्दै शर्माले ४ हजार मेगावट अायाेजना सरकारकाे लागानीमा  अघि बढाउन सकिने   बाँकी ४ हजारमा जनताको लगानी उपयोग गर्न सकिने बताए  ।  याे  खबर नयाँ पत्रिका दैनिकमा छ ।