Breaking News

घाेषणाकाे ९ वर्षमा निर्माण शुरु हुँदै फाष्ट ट्रयाक

काठमाण्डाै १४ जेठ  । सरकारले ९ वर्षअघि घाेषणा गरेकाे राष्ट्रिय गाैरवकाे अायाेजना काठमाण्डाै -तरार्इ (मधेस) फाष्ट ट्रयाक (द्रुतमार्ग) काे शिलान्यास  अाज अाइतवार   प्रधानमन्त्री  पुष्पकमल दाहालले  गर्दै छन्।

अार्थिक वर्ष २०६५ /६६ मा घाेषणा गरिएकाे उक्त अायाेजनाकाे शिलान्याससँगै निर्माण कार्यले गति लिने अपेक्षा गरिएकाे छ । नेपालकै लगानीमा निर्माण हुन लागेकाे उक्त अायाेजनाकाे शिलान्यास अाइतवार बिहान ९ बजेसम्ममा प्रधानमन्त्री दाहालले बारा निजगढमा गर्ने कार्यक्रम रहेकाे नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए । याे खबर  अार्थिक अभियान राष्ट्रिय दैनिकमा छ ।

shares