माअाेवादी केन्द्रका एक दर्जन केन्द्रिय नेता नयाँ शक्तिमा प्रवेश

बैतडी १३ जेठ । नेकपा माअाेवादी केन्द्रका एक दर्जन केन्द्रिय नेताहरु अाज नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन । बैतडी सदरमुकाममा अायोजित पत्रकार सम्मेलनमा नयाँ शक्ति पार्टीका प्रदेश नम्बर ७ का इन्चार्ज भीमबहादुर कडायतले माअाेवादी केन्द्रका पोलिटब्यूरो सदस्य निर्मल रतोकी सहित एक दर्जन केन्द्रिय सदस्यहरुलाई नयाँ शक्तिमा भित्र्याएका छन ।

माअाेवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी प्रवेश गर्नेहरुमा माअाेवादी केन्द्रका केन्द्रिय सदस्यहरु दिपक साउद ‘शिखर’, अमरसिंह रतोकी ‘अविषेक’, रामनाथ योगी ‘तुफान’, भुवनदेव भट्ट ‘तुफान’, मनिलाल बिक ‘मनोज’,  गोपाल रतोकी, राजेन्द्र बोहरा, रमेश रखैला, सुर्यप्रकाश भण्डारी लगायत रहेका छन ।

गएकाे बिहिबार मात्रै नयाँ शक्ति पार्टीका डोटी संयोजक शिवसिंह अाेली लगायतका जिल्ला नेताहरु माअाेवादी केन्द्रमा प्रवेश गरेपछि डोटी जिल्ला नयाँ शक्ति विहीन भएको भन्दै माअाेवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा टिका टिप्पणी गरेका थिए ।

नयाँ शक्तिले भने डोटीकाे छिमेकी जिल्ला बैतडीमा माअाेवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याएको विषयलाई डोटीकाे नोक्सान बैतडीमा पूर्ती गरेकाे प्रतिक्रिया दिएका छन ।