August 17, 2017

‘दोश्रो चरणको निर्वाचन हुन नदिने षडयन्त्र हुदै छ’ : केपी अोली

जीवन सुवेदी / पोखरा १३ जेठ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोश्रो चरणको निर्वाचनकाे मिति सार्न नहुने बताएका छन पोखरामा आयोजित कार्यक्रममा ओलीले  सरकारले राष्ट्रिय जनता पार्टीलाई अघि सारेर दोश्रो चरणकाे निर्वाचन नगर्ने षड्यन्त्र गरिरहेकाे अारोप लगाए ।
राजपा लगायत मधेस केन्द्रित दलका नेताहरुले हरेक  कुरामा निहुँ खोज्ने गरेको आरोप लगाउँदै ओलीले त्यसो नगर्न राजपालगायत मधेसवादी दलहरुलाई आग्रह गरे ।

सर्वोच्चका  न्यायाधिस माथि महाअभियोग, स्थानीय तहको संख्या थप लगायत विभिन्न विषयमा  सरकार गलत तरिकाले हावी भएको आरोप लगाउँदै ओलीले पटक पटक नचाहिने कुरामा  देशलाई न अल्मल्याउन सुझाव दिए । नयाँ बन्ने सरकारमा नेकपा एमाले सहभागि हुन इच्छुक नरहेकाे अाेलीले स्पष्ट पारे ।

ओलीले सरकारमा जान एमालेलाई हतार नभएको बताए ।  ‘ संविधान कार्यान्वयन  लगायतका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार चाहिन्छ ।’  अोलीले भने ।  प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचन भन्दा पहिले नै  राजीनामा दिएकोमा उनले असन्तुष्टी व्यक्त गरे ।
दोस्रो चरणको चुनावमा पहिलो चरणमा भन्दा धेरै अन्तरले एमाले पहिलो पार्टी बन्ने अोलीकाे दाबी थियो ।  मधेशमा एमालेकाे शक्ति कति छ भन्ने कुरा दोश्रो चरणकाे स्थानिय निर्वाचनकाे परिणामले देखाइदिने अोलीले चुनौती दिए ।