October 19, 2017

इच्छुक स्मृति पुरस्कार नवीन विभास र अनिल श्रेष्ठलाई

काठमाडौं १३ जेठ । यस वर्षको इच्छुक स्मृति पुरस्कार तनहुँ आँबुखैरेनीका कवि अनिल श्रेष्ठ र रोल्पा राङकोटका कथाकार नवीन विभास  र किरण पुनलाई संयुक्त रूपमा प्रदान गरिएको छ  ।
पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको स्मृति दिवस पारेर  शनिवार इच्छुक सांस्कृतिक प्रतिष्ठानले राजधानीमा आयेजना गरेको कार्यक्रममा उक्त पुरस्कार वितरण  गर्रिको हो ।
त्यसैगरी साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार खोटाङ महालक्ष्मी  १२ सानोगाउँकी कवि पञ्चकुमारी परियारलाई दिइने भएको छ भने कलातर्फको इच्छुक प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका अनिश योञ्जनलाई दिइएको छ ।
इच्छुक स्मृति पुरस्कारको राशि एक लाख रुपैयाँ र प्रतिभा पुरस्कारको जनही २५ हजार रुपैयाँ छ। कार्यक्रममा प्रतिष्ठानका संरक्षक एवं नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष  मोहन वैद्य किरणले पुरस्कार   प्रदान गरेका थिए ।