August 19, 2017

संवैधानिक परिषदले गर्यो संवैधानिक प्रावधानकै उल्लंघन

 काठमाण्डौ १३  जेठ । संवैधानिक परिषदले निर्धारित समयभित्र नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर संवैधानिक प्रावधानको गम्भीर उल्लंघन गरेको पाइएको छ ।

नयाँ प्रधानन्यायाधीशको नाम सो पद रिक्त हुन लागेको एक महिनाभित्र सिपारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीको पदावधि सकिन आजबाट ११ दिन मात्र बाँकी रहँदासमेत हालसम्म नयाँ प्रधानन्यायाधीश चयन गर्न चासो लिएको छैन ।

प्रधानन्यायाधीश कार्कीको पदावधि जेठ २४ गतेसम्म मात्र  रहेको छ । याे खबर नेपाल समाचारपत्रमा छ ।