August 24, 2017

सिरियामा गठबन्धन हवाई हमलामा परी कम्तिमा १ सय ६ नागरिकको मृत्यु

काठमाण्डौ, १२ जेठ । सिरियामा सक्रिय एक निगरानी समूहका अनुसार पूर्व सीरियामा ४२ बालबालिका सहित कम्तिमा १ सय ६ नागरिकको मृत्यु भएको छ ।

आईएसआईएलको नियन्त्रणमा रहेको क्षेत्रमा अमेरिकी गठबन्धनको हवाई कारबाहीमा परेर ती नागरिकहरुको मृत्यु भएको हो । बेलायतमा आधारित सिरियन अवजर्भेटोरी फर ह्युमन राइट्स (एसओएचआर) ले भन्यो, ‘उक्त हवाई हमला डेयरी एज जोर प्रान्तका मायादिन समुदाय प्रति लक्षित थियो ।’

बुधबार राति र मध्यरात पछि गरेर दुई चरणमा भएको हवाई हमला भएको थियो । यद्दपि यो घटनालाई लिएर अमेरिकी नेतृत्व गठबन्धनले कुनै प्रतिक्रिया जनाएको छैन ।