Breaking News

रानीघाटमा पितृमोक्ष अनुष्ठान शुरु

रमेश कुमार पाण्डे / सुर्खेत १२ जेठ ।   नेपालमै पहिलो पटक वीरेन्द्रनगर नगरपालिका–२ रानीघाटमा रानीघाट पितृमोक्ष वैदिक अनुष्ठान शुरु भएको छ ।

वैदिक योग पीठ नेपाल सुर्खेत शाखा र विश्वेश्वरनाथ शिव मन्दिर रानीघाटको संयुक्त आयोजनामा सुर्खेतको रानीघाटमा पितृमोक्ष वैदिक अनुष्ठान तथा संगितमय हरिहर अमृत कथा २०७४ सञ्चालन भएको हो ।

जिल्लाकै गौरव अन्त्य संस्कार घाट तथा कृयापुत्री निर्माणार्थ सुर्खेतको रानीघाटमा सुर्खेतमा संगितमय हरिहर अमृत कथा सञ्चालन शुरु गरिएको अनुष्ठान्न प्रमुख वाचननकर्ता युवा सन्त सर्वेश्वरशरण देव सुनिल पौडेल जानकारी दिए । उनका अनुसार दुर्घटना तथा विभिन्न कारणबाट मृत्यु भएका पितृहरुको उद्धारका लागि उक्त अनुष्ठान सञ्चालन गरिएको हो ।

अनुष्ठान यही जेठ २२ गतेसम्म सञ्चालन हुनेछ । १० दिनसम्म सञ्चालन हुने अनुष्ठानमा अकालमै ज्यान गुमाएका तथा झुण्डिएर आत्महत्या गरेका, गाडी दुर्घटनामा परी मृत्यु भएर अशान्त रहेका आत्माहरुको तृप्त्यार्थ श्राद्ध तर्पण तथा हवन पुजन गरिनेछ । अनुष्ठान्नमा प्रमुख वाचननकर्ता युवा सन्त सर्वेश्वरशरण देव (सुनिल पौडेल)ले कथा वाचन गर्नेछन् ।

shares