October 18, 2017

स्थानीय तहलाई केन्द्रमा राख्दै नेमकिपाद्वारा चुनावी घोषणापत्र जारी

काठमाण्डौ, ७ वैशाख । नेपाल मजदुर किसान पार्टीले कुल राष्ट्रिय बजेटको आधा हिस्सा स्थानीय तहलाई उपलब्ध गराउने प्रतिबद्धता सहितको चुनावी घोषणापत्र जारी गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नेमकिपाले देशको सन्तुलित विकासका लागि पनि ५० प्रतिशत भन्दा बढी बजेट स्थानीय तहलाई नै उपलब्ध गराउने प्रतिबद्धता सहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले ५० प्रतिशतभन्दा बढी बजेट स्थानीय तहलाई नै उपलब्ध गराइए मात्रै जनताले सेवा, सुविधा पाउने भएकाले सोही प्रतिबद्धता घोषणापत्रमा उल्लेख गरिएको बताए ।

बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने स्पष्ट पारे । साथै पार्टीले २८ जिल्लामा उम्मेदवारी दिने घोषणा पनि गरेको छ ।