August 19, 2017

‘रोडिज’ को नेपाली संस्करण ‘हिमालय रोडिज’ को टिजर सार्वजनिक

काठमाण्डौ, १२ जेठ । अन्तर्राष्ट्रिय क्षेत्रमै धेरै रुचाइएको टेलिभिजन कार्यक्रम ‘रोडिज’ को नेपाली संस्करण ‘हिमालय रोडिज’ को टिजर सार्वजनिक भएको छ ।

२० लाख रुपैयाँ पुरस्कार राशिको ‘हिमालय रोडिज’ यही जेठको अन्तिम सातादेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो । ‘हिमालय रोडिज ’ भारतको प्रख्यात ‘एम टिभी रोडिज’ को फ्रयान्चाइज हो । हिमालय रोडिजका १८ श्रृंखला हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।

कार्यक्रममा दीया मास्के, रेमनदास श्रेष्ठ र लाहुरे (आशिष राना) ले निर्णायककाे भूमिका निर्वाह गरेका छन् ।