October 20, 2017

लोकतन्त्रमा जनताको मत महत्वपूर्ण हुने उपेन्द्र यादवको जोड

काठमाण्डौ, १२ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गोला बारुद भन्दा ब्यालेट सबैभन्दा शक्तिशाली भएको प्रतिक्रिया दिएका छन् ।

रुपन्देहीको धकधई बजारमा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले लोकतन्त्रमा जनताको मत महत्त्वपूर्ण हुने बताएका हुन् । उनले दोस्रो चरणको निर्वाचनका लागि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष यादवले निर्वाचन बहिष्कार गर्ने राजपा नेपालको रणनीति गलत भएको पनि बताए ।