August 24, 2017

चुनावको मुखमा स्थानीय निकाय थप गर्नु गलतः पूर्वमन्त्री बोहरा

नरेश के.सी / भैरहवा, जेठ १२ । एउटा निर्वाचनको परिणाम आइनसकेको र दोस्रो चरणको निर्वाचनको मिति नजिएकोे अवस्थामा स्थानीय निकायको संख्या थप्नु गलत भएको पूर्वमन्त्री दिपक बोहराले बताएका छन् ।

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित शान्ति, समृद्धि, संविधान र सञ्चार विषयक पत्रकारिता तालिमको उद्घाटन गर्दै बोहराले चुनावको मुखमै स्थानीय निकायको संख्या थपघट गर्नु ठीक नहुने बताएका हुन् ।

नेता बोहराले पत्रकारहरुले आफ्नो स्वतन्त्र कलमको बलबाट दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन पहल गर्नुपर्नेमा जोड दिए । साथै भैरहवा क्षेत्रको विकास र समृद्धिको लागि सबै पत्रकारहरुले सकारात्मक सहयोग गर्न पनि बोहराले आग्रह गरे ।

पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि भैरहवामा ३ दिने पत्रकारिता तालिम सुरु भएको हो ।