August 16, 2017

औषधीको आयात बन्द नगर्न माग गर्दै ज्ञापन पत्र

उद्धव घिमिरे / विराटनगर, १२ जेठ । स्वास्थ्य मन्त्रालयले विदेशी कम्पनीका औषधी आयात गर्न रोक लगाएसँगै त्यसको विरोधमा विराटनगरका औषधी व्यवसायीहरुले विरोध जनाएका छन् ।

सरकारको यो कदमको विरोध गर्दै विराटनगरका औषधी व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुले स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् । नेपाल औषधी बिक्री प्रबन्धक संगठन, स्वतन्त्र औषधी सञ्चालक संघ, नेपाल औषधी बिक्री प्रतिनिधि संघले क्षेत्रीय औषधी विभाग विराटनगर मार्फत ज्ञापन पत्र पठाएका हुन् ।

स्वास्थ्य मन्त्रालयले विदेशबाट आयात भइरहेका ३४ प्रकारका औषधीहरु नेपालमै उत्पादन भइरहेकोले रोक लगाउन सुझाव दिए अनुसार हालै मन्त्रपरिषद्को बैठकले त्यसलाई सदर गरेको थियो । सरकारकाे यस्ताे निर्णयले कतिपय कामदारकाे राेजीराेटी नै गुम्ने खतरा रहेकाे व्यवसायीहरुले बताए ।