October 19, 2017

नेपाली तेक्वान्दो टोली मकाउ प्रस्थान

काठमाण्डौ, १२ जेठ । मकाउमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

शुक्रबार दशरथ रंगशालास्थित राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा उक्त टोलीलाई बिदाई गरिएको थियो । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, केन्द्रीय सदस्य बद्री घिमिरे र सचिवालय सदस्य गोविन्द शर्माले ७ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई बिदाई गरेका हुन् ।

मकाउमा आगामी शनिबार देखि मंगलबारसम्म ‘मकाउ ओपन तेक्वान्दो च्याम्पियनसिप २०१७’ हुँदैछ । जसमा नेपालका ५ पुरुष खेलाडी, १ प्रशिक्षक र व्यवस्थापको नेतृत्वमा नेपाली टोलीको सहभागिता रहनेछ । तेक्वान्दोका पुर्व खेलाडी समेत रहेका फिरोज श्रेष्ठको नेतृत्वमा सिनियर पुरुष ४८ केजीमा निश्चल बस्नेत, ५१ केजीमा पारस भण्डारी, ५४ केजीमा विशाल गोले र ८४ केजीमा प्रदिप कडेँल तथा जुनियरको ५५ केजीमा सुरमुला बाबु मियाँको रहनेछन् ।

प्रतियोगितामा कुल १५ राष्ट्रको सहभागिता रहने प्रशिक्षक सिवाकोटीले बताए । टिम म्यानेजर श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने बताए ।