August 24, 2017

बहुप्रतिक्षित ‘हिमालय रोडिज’को टिजर सार्वजनिक (टिजरसहित)

काठमाडाैँ १२ जेठ ।  युवा पुस्ताबीच अन्तर्राष्ट्रिय क्षेत्रममै धेरै रुचाइएको टेलिभिजन कार्यक्रम ‘रोडिज ’को नेपाली संस्करण ‘हिमालय रोडिज’काे टिजर सार्वजनिक भएको छ ।

यही जेठ महिनाकाे अन्तिम सातादेखि हिमालय टेलिभिजनमार्फत प्रशारण हुन लागेको    ‘हिमालय रोडिज ’ भारतकाे प्रख्यात ‘एम टिभी रोडिज’काे फ्रयान्चाइज हो । हिमालय रोडिजका १८ श्रृंखला हिमालय टेलिभिजन मार्फत प्रशारण हुने, कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए  ।

निर्देशक अधिकारीले हिमालय रोडिजका शोहरुले दर्शकमा कौतुहलता, रहस्य, अाँट र जाँगर जस्ता भावना  जागृत गराउने बताए ।  युवाहरुबीचकाे साहसिक प्रतिस्पर्धा लाई मनोरञ्जन र ज्ञानका रुपमा दर्शकहरुले रोडिजका शोहरुमा देख्न पाउने छन । यस्तो शो को नेपाली संस्करण नै ‘हिमालय रोडिज’ हो ।

साहसिक प्रतिस्पर्धाको यो कार्यक्रममा दीया मास्के, रेमन दास श्रेष्ठ र लाहुरे (आशिष राना) निर्णायक छन् । विजेताले २० लाख रुपैयाँसम्म जित्न सक्नेछन । नेपाली टेलिभिजनका लागि यो कार्यक्रम नयाँ हो । भारतमा रोडिजको १४ औं संस्करण प्रशारण भइरहेको छ ।