August 19, 2017

इजिप्टमा एक बन्दुकधारीले क्रिस्चियनहरु रहेको बसमा आक्रमण गर्दा २६ को मृत्यु

काठमाण्डौ, १२ जेठ । इजिप्टमा एक बन्दुकधारीले क्रिस्चियनहरु रहेको बसमा आक्रमण गर्दा २६ यात्रुको मृत्यु भएको छ ।

इजिप्टको मिन्या प्रान्तमा बन्दुकधारीले क्रिस्चियनहरु रहेको बसमा गरेको आक्रमणमा अन्य २५ घाइते भएका छन् । घटनास्थल राजधानी कायरोबाट २ सय २० किलोमिटर दक्षिणमा पर्दछ । इजिप्टमा रहेका अल्पसंख्यक क्रिस्चियन समुदायमाथि लगातार सशस्त्र समूहबाट आक्रमण हुँदै आएको यो पछिल्लो घटना हो ।

गत अप्रिलमा पनि तान्ता र एलेक्जन्ड्रियाका एक चर्चमा भएको दुई छुट्टाछुट्टै बम आक्रमणमा कयौंको ज्यान गएको थियो ।