अफगानिस्तानको एक सैनिक अड्डामा तालिवानीकाे आक्रमणमा परी १५ अफगान सैनिकको मृत्यु

काठमाण्डौ, १२ जेठ । अफगानिस्तानको कन्दाहार प्रान्तमा रहेको एक सैनिक अड्डामा तालिवानीकाे आक्रमणमा परी १५ अफगान सैनिक मारिएका छन् ।

शाहवाली कोट जिल्लामा भएको हमलामा परी थप ५ जना घाइते भएको रक्षामन्त्रालयका प्रवक्ता दवालत वाजिरले बीबीसीलाई बताए । ३ दिन अघि पनि तालिवानी आतंकवादीहरुले सोही क्षेत्रको सैनिक अड्डामा हमला गर्दा १० अफगान सैनिक मारिएका थिए ।

यो घटनासँगै उग्रवादीहरुले आफ्नो वसन्त आक्रमणलाई निरन्तरता दिएका छन् ।