August 21, 2017

निर्वाचन आयोगले निर्णय स्थगन गरेसँगै राप्रपाद्वारा संघर्षका कार्यक्रमहरु फिर्ता

काठमाण्डौ, ७ वैशाख । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दुराष्ट्र र राजतन्त्र हटाउने निर्णय स्थगन गरेको छ ।

आयोगले राप्रपाको विधानबाट राजतन्त्र र हिन्दुराष्ट्र हटाउने निर्णय हालका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगको यस्तो निर्णयसँगै राप्रपाले संघर्षका कार्यक्रमहरु पनि फिर्ता लिएको जनाएको छ ।

अब चुनावमा केन्द्रित हुने भन्दै राप्रपाले चुनाव सकिएपछि फेरि यो विषयलाई अगाडि बढाउने बताएको छ । साथै सत्तापक्षमा रहेर राप्रपाले निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेको भन्दै आयोगले गरेको टिप्पणीप्रति राप्रपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आफू संविधान, कानून र निर्वाचन आचार संहिताप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत राप्रपाले स्पष्ट पारेको छ ।