August 23, 2017

संघीय गठबन्धनले दोस्रो चरणको चुनावमा भाग नलिने, गर्‍याे आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाण्डौ, १२ जेठ । स्थानीय तह अन्तर्गतको दोस्रो चरणको निर्वाचनमा संघीय गठबन्धनले भाग नलिने भएको छ ।

शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै संघीय गठबन्धनले विरोध स्वरुप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत जेठ १३ देखि १८ गतेसम्म आन्दोलनका कार्यक्रमहरु तय भएका छन् ।

विगतमा गरिएका सम्झौता कार्यान्वयनमा नआएको, राजपा लगायतका दललाई चुनाव चिन्ह नदिएको र अपुग मात्रामा स्थानीय तह थपिएको भन्दै आन्दोलनमा उत्रिनु परेको विज्ञप्तिमा उल्लेख छ ।