August 21, 2017

अागामी बजेटमा स्थानीय तहलाई उच्च प्राथमिकतामा राखिने

काठमाण्डौ, १२ जेठ । अर्थ मन्त्रालयले स्थानीय तहलाई सबल बनाउने गरी बजेट निर्माण भइरहेको जनाएको छ ।

सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा बजेट विजियोजन गर्नका लागि मापदण्ड तयार भएको जानकारी दिए । जनसंख्या, क्षेत्रफल र गरिबी लगायतका सूचकहरुका आधारमा स्थानीय तहमा जाने बजेट निर्धारण गर्ने उनको भनाई छ ।

बैठकमा सांसदहरुले निर्वाचित क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्र्तगत निर्माण थालिएका सडकहरुलाई पूर्णता दिनुपर्ने र यसको लागि सडक विभागसँग समन्वय गरेर कार्यक्रम अगाडि बढाउनु पर्ने धारणा राखेका थिए । अर्थमन्त्रालयले स्थानीय तहको लागि कुल ३ खर्ब रकम छुट्याउने तयारी गरिरहेको छ ।