October 20, 2017

सहरी विकासमन्त्री केसीले अार्थिक चलखेल गर्न खाेजेकाे अाराेप

काठमाण्डौ, १२ जेठ । राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक दुतबहादुर गुरुङले सहरी विकासमन्त्री अर्जुननरसिंह केसीलाई आर्थिक सहयोग नगर्दा आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् ।

काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी महाप्रबन्धक गुरुङले मन्त्री केसीले आफूलाई भ्रष्टाचार गर्न उक्साएको र त्यसो नगर्दा पदबाट हटाइएको आरोप लगाएका हुन् । मन्त्रीले मागेको रकम बुझाउन नसक्दा पदबाट हटाएको भन्दै न्याय माग्न सर्वोच्च अदालत जाने पनि उनले बताए ।

गुरुङ २०७२ जेठ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट कम्पनीको महाप्रबन्धक नियुक्त भएका थिए । गत बुधबार मन्त्रालयबाट आफूलाई पदमुक्त भएको पत्र आएको उनले बताए ।