व्यवस्थापिकाको बैठक केही बेरमा बस्दै, एमालेले अवरुद्ध गर्न सक्ने संकेत

काठमाण्डौ, १२ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालले विभिन्न माग राख्दै लगातार अवरुद्ध गर्दै आइरहेको व्यवस्थापिका संसदको बैठक आज ४ बजे बस्दैछ ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बसेको बैठक प्रतिपक्षी एमालेले अवरोध गरेको थियो । यता, अवरुद्ध संसद खुलाउने बारेमा प्रमुख दलहरुबीच पनि प्रयास जारी छ ।

मुख्य गरी स्थानीय निकायको संख्या वृद्धि गर्ने सरकारको निर्णय र प्रधानन्यायाधीष्श सुशीला कार्कीमाथिको महाअभियोग प्रस्तावप्रति प्रतिपक्षी एमालले आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ ।