Breaking News

‘राबता’ तेलेगु फिल्म ‘मगधिरा’ को कपि होइनः निर्माता

काठमाण्डौ, १२ जेठ । ‘राबता’ पिल्मका निर्माताले आफ्नो फिल्ममाथि लागेको आरोपको खण्डन गरेका छन् ।

‘राबता’ फिल्मका निर्माताले आफ्नो फिल्म तेलेगु फिल्म ‘मगधीरा’ को कपि नभएको स्पष्ट पारेका हुन् । उनले यदि कसैको कडा मेहेनतलाई कमजोर पार्ने काम गरिन्छ र ट्रेलरको आधारमा साहित्यिक चोरी भएको आरोप लगाइन्छ भने त्याे अनुचित हुने बताए ।

यद्दपि ‘मगधिरा’ का निर्माताले ‘राबता’ ले आफ्नो पिल्मको कहानीको प्रतिलिपि बनाएको भन्दै उक्त चलचित्र विरुद्ध न्यायालयमा निवेदन पनि दिइसकेका छन् । सुशान्तसिंह राजपूत र कृति सोनन अभिनित फिल्म जुन ९ मा रिलिज हुने बताइएको छ ।

shares