स्थानीय निर्वाचनमा अपेक्षा अनुसार परिणाम नअाएको माअाेवादी प्रवक्ताकाे भनाइ

भक्तपुर १२ जेठ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षा अनुसार माओवादी केन्द्रले जीत हासिल गर्न नसकेको बताएकी छन ।

रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै भुषालले चुनावमा हार र जीत स्वभावीक भएकाले स्थानिय निकायमा कहाँ कति जित्यो भन्दा पनि  यस निर्वाचनमा माओवादी केन्द्रको एजेण्डाकाे जीत भएको  बताइन ।

विगतमा राजनीतिक दलबीच भएको सहमतिका आधारमा नै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको भन्दै प्रधानमन्त्री दाहालको राजीनामा बारे कुनै शंका गर्न नहुने र यहि गठबन्धनको सरकारले निरन्तरता पाउँने  भुषालकाे दाबी थियो ।

जेठ ३१ गते दोस्रो चरणको निर्वाचन कसैले चाहेर पनि रोक्न नसक्ने बताउँदै यो निर्वाचनमा असन्तुष्ट राजनीतिक दलहरु समेत सहभािग हुने विश्वास भुषालले ब्यक्त गरिन ।

नेपाली काँग्रेसको नेतृत्वमा गठन हुने नयाँ सरकारमा माओवादी केन्द्रको सक्रिय सहभागिता रहने प्रवक्ता भुषालले बताइन ।