August 17, 2017

गुल्मीमा कांग्रेसले उम्मेदवारको टुङ्गो लगायो

शिवलाल सुवेदी / गुल्मी १२ जेठ । नेपाली कांग्रेस गुल्मीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको बैठकले जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा प्रमुख र उप–प्रमुखमा सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो । नेपाली कांग्रेस गुल्मीका पार्टी उपसभापति विष्णु बलालले दिएको जानकारी अनुसार मेयर–उपमेयर, प्रमुख, उप–प्रमुख र वडाहरुमा समेत सर्वसम्वत रुपमा उम्मेदवार चयन गरिएकाे हाे ।

जिल्लामा तालमेलको चर्चा चलिरहेकाले पनि केही गाउँपालिमा कांग्रेस-माओवादी केन्द्रले उपप्रमुखमा पद खाली राखेका छन् ।