October 19, 2017

अबको सरकार कांग्रेस र एमालेकाे समिकरणमा बन्ने बिजुक्छेकाे भविष्यवाणी

भक्तपुर १२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेपाली काँग्रेस र एमालेको समिकरणमा नयाँ सरकार गठन हुन सक्ने सम्भावना रहेको संकेत गरेका छन ।
सरकारले आचारसंहिता विपरित बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउँदै विजुक्छेले दोस्रो चरणको निर्वाचन अघि ल्याईएको बजेटले राजनीतिक दललाई घुस खुवाउन सजिलो हुने बताए ।
सरकारले निरङकुशता लादेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएकोले यो आचारसंहिता विपरित भएको दाबी गर्दै अध्यक्ष बिजुक्छेंले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागि नहुने बताए ।