October 18, 2017

रंगेली बसपार्क निर्माणमा कमसल इट्टा प्रयोग भएपछि स्थानियद्वारा विरोध

किरण न्यौपाने /रंगेली, मोरङ्ग १२ जेठ । स्थानिय बासिन्दाहरुको विरोध पछि रंगेली बसपार्क निमार्णका लागी ल्याएको कमसल सामाग्री फिर्ता भएको छ ।
नेपाल सरकारको ९६ लाख र रंगेली नगरपालीकाको संयुक्त लगानीमा निर्माणधीन रहेको बसपार्कमा ठेकेदारले कमसल इट्टाको प्रयोग गर्न खोजे पछी स्थानिय बासीन्दाहरुको विरोध हुदा इट्टा फिर्ता हुने भएको छ । असार मसान्त भित्रमा निर्माण गरिसक्ने गरी ठेक्का पाएको श्रेष्ठ कन्ट्रक्सन विराटनगरले १ करोड ६ लाखमा ठेक्का पाएको छ ।

ठेकेदारले बसपार्क निर्माणको क्रममा सिराह बाट कमसल गुणस्तरको इट्टा ल्याएपछी स्थानिय बासिन्दाहरु इट्टाकोे गुणस्तर देखेर नगरपालिका लाई खवरदारी गरेपछी विहिबार नगरपालीका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद रेग्मी, इन्जीनियर श्याम सुन्दर सिंह सहितको टोलीले बसपार्कको स्थलगत अनुगमन गर्दा इटा कमसल भएकाे ठहर गरेकाे छ ।

स्थानियबासी मोसिम आलमका अनुसार नगरपालिका संग सम्झौता भएअनुसार १ नम्बर इट्टा प्रयोग नगरी ठेकेदारले गुणस्तरहीन कमसल इट्टा प्रयोग गरेकाले आरोप लगाउदै विरोध गर्नुपरेको बताए ।
ठेकेदारले बसपार्क निर्माणको क्रममा पुरानो टहरा भत्काउदा निस्कीएको इट्टा समेत प्रयोग गरेको स्थानियबासीले आरोप लगाएका छन् । विहिबार रंगेली नगरपालिकाले अनुगमन गर्नेक्रममा स्थानियबासीहरुले पुरानो टहराको प्रयोग गरेको इट्टा समेत उखालेर फालेका थिए ।

 

 

रंगेली नगरपालिका इन्जीनियर श्यामसुन्दर सिंहले अनुगमन पछि कमसल इट्टा प्रयोगका लागी ल्याईएको देखिएकाले सो इट्टा प्रयोग नगर्न ठेकेदारलाई सचेत गराईको बताए ।
यता श्रेष्ठ कन्ट्रक्सन विराटनगरका ठेकेदार राम प्रसाद श्रेष्ठले अर्को इट्टा ल्याएर काम सुचारु गर्ने बताउदै पुरानो टहराको इट्टा प्रयोग गरेको विषयमा आफु बेखवर रहेको बताए ।