July 24, 2017

भेनेजुयलामा सरकार विरोेधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु

काठमाण्डौ, ७ वैशाख । भेनेजुयलामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

राष्ट्रपति निकोलस मादुरोबिरुद्ध उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले गोली चलाउँदा एक किशोर, एक किशोरी र एकजना राष्ट्रिय सुरक्षाकर्मीको मृत्यु भएको हो ।

नयाँ राष्ट्रपतीय चुनावको माग गर्दै हजारौं सर्वसाधारण सडकमा निस्किएका थिए । उनीहरुले थुनामा रहेका आफ्ना साथीहरुलाई रिहा गर्न समेत माग गरेका थिए । राष्ट्रपति मादुरोले भने प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको र पसलहरुमा लुटपाट मच्चाएको आरोप लगाएका छन् ।

भेनेजुयलामा सरकारलाई समर्थन गर्ने समूहहरुले पनि समानान्तर रुपमा र्‍याली निकाल्ने गरेका छन् ।