August 23, 2017

पाेखरा लेखनाथ महानगरपालिकाकाे मेयर उपमेयरमा एमाले विजयी

कास्की १२  जेठ  । पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी निर्वाचित भएका छन् ।

जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पछारे । जिसीले ६० हजार ४ सय २३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी रामजी कुँवरले ४६ हजार ४ सय ७३ मत मात्र ल्याए ।

लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबिच तालमेल समेत रहेकाे थियाे । उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भइन् । मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत प्राप्त गरेकी छन् ।